सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका भण्डारी निर्वाचित

इकागज |
माघ ३, २०७९ मंगलबार ११:९ बजे

काठमाडौँ - सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का भीम भण्डारी निर्वाचित भएका छन् । मंगलबार बिहान भएको मतदानबाट भण्डारी सभामुख निर्वाचित भएका हुन् । भण्डारीले २९ मत पाए । उनको विपक्षमा २३ मत परेको छ । ५३ सदस्यीय प्रदेश सभामा मतदानमा ५२ जना सहभागी भएका थिए । 

यसअघि सुदूरुपश्चिम प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका मानबहादुर रावललाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।


सभामुख चयनका लागि आज तेस्रो पटक चुनाव भएको हो । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।

२८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक-एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।

३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । 


Author

थप समाचार
x