सुदूरपश्चिम

भारतीय अवैध नन ओभन ब्याग छ्याप्छ्याप्ती

इकागज |
माघ ३, २०७९ मंगलबार १६:४० बजे

कैलाली- धनगढी उपमहानगरपालिकाले नगरभित्र प्लास्टिकजन्य झोलामा प्रतिबन्ध लगाएपछि भारतीय नन ओभन ब्यागको अवैध कारोबार बढेको छ । 

व्यापारीहरूले भारतीय बजारबाट अवैध रूपमा क्यारिङ्ग गरी भित्र्याएका ब्यागको प्रयोग गरिरहेका छन् । यसरी भारतीय बजारबाट आयातित ब्यागको प्रयोग बढेपछि लाखौँ रुपैयाँ खर्चेर धनगढीमा ब्यागका उद्योग व्यवसाय गरिरहेका व्यावसायीहरू धरासायी हुने अवस्थामा पुगेका छन् ।


धनगढीमा विगत लामो समयदेखि नन ओभन ब्यागको उत्पादन गरिरहेका व्यवसायीहरूले भारतीय बजारमा उत्पादित ब्यागको अवैध कारोबार बढेपछि आफूहरू मर्कामा परेको बताएका छन् । उनीहरूले यसरी अवैध रूपमा समान नेपाल आउँदा एकातिर राज्यलाई राजश्व नोक्सानी हुने र अर्कोतिर लाखौँ खर्चेर सुरु गरेको व्यवसाय नै धरापमा पर्ने बताए ।


Author

थप समाचार
x