सुदूरपश्चिमकी उपसभामुख चौधरीले दिइन् एमालेबाट राजीनामा
फाइल फोटो
कैलाली -सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिएकी छिन् ।
उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाएकी हुन् । विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ ।
उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेकी थिइन् । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया