कोभिड-१९ संक्रमणबाट संविधान सभा सदस्य चौधरीको मृत्यु
धनगढी : कैलालीमा कोभिड-१९ संक्रमणका कारण संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ । धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको हो ।
कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । आज उनको कोभिड परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो । जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया