सुदूरपश्चिम

विश्वासकाे मत लिन मुख्यमन्त्री शाहकाे दाैडधुप

इकागज |
फागुन १०, २०७९ बुधबार १४:१५ बजे

फाइल तस्बिर

कैलाली । विश्वासको मत लिने समय नजिकिँएसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनका लागि तीव्रता बढाएका छन् । सोही क्रममा बुधबार डिल्ली बजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी भेट्न मुख्यमन्त्री शाह बिहानै कारागार पुगेका छन् ।

मंगलबार साँझ धनगढीबाट काठमाडौं पुगेका मुख्यमन्त्री शाहले रेशमलाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेको इकागजलाई बताए । आफ्नो रिहाई मुख्य मुद्दा दोहाेर्‍याउदै रेशमले रिहाई नभएसम्म कसैलाई पनि समर्थन नदिने बताएको मुख्यमन्त्री शाहले बताए । गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिंह रावलले विश्वासको मत पाउन नसकेपछि माघ २७ गते ठूलो पार्टीको हैसियतमा नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसद छन् । माओवादीका सभामुखबाहेक १०, एमालेका १० नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका १ सांसद छन् ।


Author

थप समाचार
x