सुदूरपश्चिम

धनगढीमा सडक बत्तीको उद्घाटन

इकागज |
फागुन ११, २०७९ बिहीबार १०:३१ बजे

कैलाली - धनगढीमा सडक बत्तीको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती स्मार्ट स्ट्रीट लाइटको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले गरेक हुन् ।

धनगढी अत्तरिया ६ लेन सडक अन्तर्गत बत्ती जडानका तीनवटा योजनामध्ये पहिलो चरणको योजना सम्पन्न भएको हो । पहिलो चरण अन्तर्गत धनगढीको चौराहा देखि गेटा एयरपोर्ट जाने चोकसम्म लाइट जडान गरिएको हो ।


उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करिब १४ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम माध्ये धनगढीको चौराहादेखि गेटा एयरपोर्ट जाने चोकसम्म लाइट जडान गरिएको नगर प्रमुख मेयर गोपाल हमालले बताए।

सडकमा करिब ४३२ आधुनिक बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका, सुर्य नेपाल र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको मेयर हमालले बताए।

बत्ती जडानका लागि दुई करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो।


Author

थप समाचार
x