सुदूरपश्चिम

बैंककाे चर्को व्याजविरुद्ध सुदूरपश्चिममा चरणबद्ध आन्दोलन

इकागज |
फागुन १४, २०७९ आइतबार १७:११ बजे

कैलाली । बैङ्कहरूको चर्को व्याजविरुद्ध उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो ।

भोलिदेखि बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले बताए । बैंकहरूले लिएको चर्को ब्याजका विरुद्ध लामो समयदेखि आन्दोलन रहेको बताउँदै अध्यक्ष कुवँरले समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुने बताए ।


संघको अगुवाइमा भोलि बिहान ९ बजे देखि धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।


Author

थप समाचार
x