सुदूरपश्चिम

सुदूरपश्चिम सरकार फेरि संकटमा पर्ने संकेत

लिखित सहमतिविना विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडान

इकागज |
फागुन २०, २०७९ शनिबार ११:४९ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह ।

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन लिखित सहमति गर्नुपर्ने अडान लिएको छ । उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार बिहान सुदूरपश्चिम सरकारले लिन लागेको विस्वासको मतितर संकेत गर्दै दलीय सहमतिको लिखित हस्ताक्षरविना विश्वासको मत दिन नसकिने प्रष्‍ट पारेकी हुन् । 'दलीय सहमतिको लिखित हस्ताक्षरविना विस्वासको मत दिन सकिँदैन,' उनले भनेकी छन् । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भोलि (आइतबार ) विश्वासको मत लिँदेछन् । मत लिनेबारे शाहले शुक्रबार साँझ प्रदेश सभा सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराइसकेका छन् । 


सअघि नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । यसअघि गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावलले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। नागरिक उन्मुक्तिविना मुख्यमन्त्री शाहले विश्वासको मत लिन असम्भवजस्तै छ । 

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सदस्य छ्न् भने एमालेका १० र राप्रपाको एक गरी विपक्षमा ११ मत छ।


Author

थप समाचार
x