सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादी केन्द्रले विश्वासको मत नदिने

इकागज |
फागुन २०, २०७९ शनिबार १९:२४ बजे

फाइल फोटो

कैलाली - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ। यथास्थितिमा शाहलाई विश्वासको मत दिन नसकिने माओवादी केन्द्र सुदूरपश्चिमले जनाएको हो । 

आज बसेको प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री लगायत सबै कुरामा प्याकेजमा सहमति नभइ विश्वासको मत नदिने निर्णय गरेको प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । यहाँको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको माओवादीले जनाएको छ ।


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।


Author

थप समाचार
x