सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन्- विश्वासको मत पाउनेमा विश्वस्त छु

इकागज |
फागुन २१, २०७९ आइतबार १०:१८ बजे

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन् । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अल्पमतमा रहेका शाहले नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर विश्वासको मत पाउने बताएका हुन् ।

प्रदेशमा सबै दलसँग छलफल भएको बताउँदै मुख्यमन्त्री शाहले सबै दलको साथ र समर्थनबाटै विश्वासको मत लिने बताए । 


प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र स्वतन्त्र प्रदेश सभा सदस्य गरि ४१ जनाको मत आफुले प्राप्त गर्ने मुख्यमन्त्री शाहले बताए । 

उनले सञ्चार क्षेत्र नै परिवर्तनको सम्बाहक रहेकाले पत्र​कारिता क्षेत्र निष्पक्ष, विश्वसनीय र यथार्थमा आधारित हुनुपर्ने बताए । उनले प्रदेशका विकट क्षेत्रका समस्यालगायतका बारेमा उजागर गर्न पनि सुझाव दिए ।

प्रदेश कार्य समितिका अध्यक्ष मनमोहन स्वाँरको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारलगायतको सहभागिता रहेको थियो ।
 


Author

थप समाचार
x