सुदूरपश्चिम

अस्पतालको इमर्जेन्सी वार्ड र ग्यालरी बिरामीले भरियो, सेनाले प्राङ्गणमै लगायो टेन्ट

इकागज |
बैशाख २३, २०७८ बिहीबार १४:५४ बजे

धनगढी : सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डसंगै जोडिएको ग्यालरी र पेटी बिरामीले भरिएपछि नेपाली सेनाले प्राङ्गणमै टेन्ट लगाएको छ । अस्थायी रूपमा आकस्मिक कक्ष सञ्चालन गर्न नेपाली सेनाले प्राङ्गणमा चार वटा टेन्ट लगाएको प्रादेशिक अस्पतालले जनाएको छ । 


अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार आकस्मिक कक्ष कोभिड शंकास्पद बिरामीले भरिएपछि उपचारमा समस्या हुँदै आएको थियो । ‘आकस्मिक कक्षमा शय्या खाली नभएपछि ग्यालरी र प्राङ्गणमा राखेर पनि उपचार गर्दै आएका थियौँ,’ उनले भने, ‘बिरामीको उपचारमा केही सहज होस भन्नका लागि सेनाले टेन्ट लगाएको हो । त्यहाँ कोरोना पुष्टि नभएका बिरामीको उपचार हुनेछ ।’ 

कोभिड पुष्टि भएपछि नजिकै रहेको कोभिड–१९ अस्पतालमा बिरामीलाई सार्ने गरिएको छ । आकस्मिक वार्डमा अहिले अधिकाशं कोभिडको लक्षण भएका र रिपोर्ट पर्खिरहेका बिरामीको उपचार हुँदै आएको छ ।


Author

थप समाचार
x