सुदूरपश्चिम

सुदूरपश्‍चिममा कोभिडले सातामा ८५ जनाको मृत्यु

इकागज |
बैशाख २५, २०७८ शनिबार १०:१६ बजे

फाइल तस्बिर

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ । अक्सिजनको चरम अभाव भएपछि कोभिड संक्रमितको ज्यान जाने क्रम बढेको हो । प्रदेशमा एक साताको अवधिमा ८५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

निर्देशनालयका अनुसार शनिबार १०, आइतबार १२, सोमबार १४, मंगलबार ८, बुधबार ११, बिहीबार १७ र शुक्रबार १३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो । अधिकांशले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको हो । आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पताल र प्रदेशमा रहेको एउटा मात्र अक्सिजन उद्योगले क्षमताको आधा मात्र अक्सिजन उत्पादन गर्न सकेका छ्न् । स्थानीय प्रशासनको आग्रहपछि नेपालगन्जबाट हुने आयातमा पनि भारी कटौती भएपछि सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएको छ ।



Author

थप समाचार
x