सुदूरपश्चिम

सुदूरपश्चिममा थप २२ जनामा काेभिड-१९ संक्रमण पुष्टि

इकागज |
चैत २६, २०७९ आइतबार १८:४८ बजे

धनगढी​ । सुदूरपश्चिम प्रदेशमा आइतबार एकै दिन २२ जनामा काेभिड-१९ भाइरसको संक्रमण पुष्टि भएको छ ।

सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ ।


Author

थप समाचार
x