सुदूरपश्चिम

कैलालीमा जेठ ६ गतेसम्म लम्बियो निषेधाज्ञा

इकागज |
बैशाख २८, २०७८ मंगलबार ८:२४ बजे

धनगढी : कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । कोभिड संक्रमण झन बढ्न थालेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र त्यसपछि बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो । सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो । 


विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रुपमा बढ्दै गइरहेको र  दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै गएपछि जिल्लाका अस्पतालहरुमा क्षमताभन्दा बढी बिरामी उपचारका लागि आएपछि निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञा थप कडा पार्ने पनि डीसीसीएमसीले निर्णय गरेको छ । 


Author

थप समाचार
x