सुदूरपश्चिम

सुदूरपश्चिममा १० दिनमा १३५ संक्रमितको मृत्यु

इकागज |
बैशाख २८, २०७८ मंगलबार ८:३६ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा अक्सिजन र भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ । अस्पतालहरुमा अक्सिजनको चरम अभाव र पर्याप्त भेन्टिलेटर नहुदा कोभिड संक्रमितको ज्यान जाने क्रम बढेको हो । प्रदेशमा १० दिनको अवधिमा एक सय ३५ जना संक्रमितको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

निर्देशनालयका अनुसार बैशाख १८ गते १० जना, १९ गते १२ जना, २० गते १४ जना र २१ गते ८ जना कोभिड संक्रमितको मृत्यु भएको हो । यस्तै बैशाख २२ गते ११ जना, २३ गते १७ र २४ गते १३ जनाको कोभिडका कारण मृत्यु भएको हो । 


यस्तै २५ गते १५, २६ गते १८ र २७ गते १७ जनाको मृत्यु भएको स्वास्थ्य  निर्देशनालयले जनाएको छ । अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पताल र प्रदेशमा रहेको एउटा मात्र अक्सिजन उद्योगले क्षमताको आधा मात्र अक्सिजन उत्पादन गर्न सकेका छन् ।

स्थानीय प्रशासनको आग्रहपछि नेपालगन्जबाट हुने आयातमा पनि भारी कटौती भएपछि सुदूरपश्चिममा अक्सिजनको हाहाकार छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्य अस्पतालहरुमा पनि अक्सिजन प्लान्ट जडानका लागि रकम विनियोजन गरेको जनाएको छ । तर अस्पतालहरुले जडानको प्रक्रियासमेत सुरु गरेका छैनन् ।
 


Author

थप समाचार
x