अमेरिकी राजदूत थम्पसन सुदूरपश्चिममा
कैलाली- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ।
कैलाली, कञ्चनपुरको भ्रमणका लागि धनगढी पुगेका राजदूत थम्पसनलाई भौतिक पुर्वाधार विकास मन्त्रालयमा मन्त्री देउवाले स्वागत गरेका हुन् ।
मन्त्रालयमा मन्त्रालयको टोली र राजदूतको टोलीबीच विपद् ब्यबस्थापन लगायत विकास निर्माणका विभिन्न विषयमा छलफल भएको मन्त्री देउवाले जानकारी दिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया