सुदूरपश्चिम

आफ्‍नै घरमा २६ वर्षीया डाक्टर शाह मृत फेला

इकागज |
जेठ ५, २०८० शुक्रबार १०:१६ बजे

सांकेतिक तस्बिर

धनगढी- धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् । 

धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन् । उनी आफ्नो घरमा मृत भेटिएकी हुन् ।


शाहको शव बन्द कोठाभित्र झुण्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए । उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।


Author

थप समाचार
x