सुदूरपश्चिम

कोभिड-१९ संक्रमणबाट सुदूरपश्चिममा थप ३० जनाको मृत्यु

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १९:५७ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३० जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले दिएको जानकारी अनुसार विभिन्न अस्पतालमा उपचाररत थप ३० जना संक्रमितको मृत्यु भएको हो ।

१५ जना पीसीआर र १५ जना एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएका व्यक्तिको मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका नौँ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


योसँगै प्रदेशमा संक्रमितको संख्या २८ हजार ४ सय नाघेको छ भने सात हजार ८ सय बढी सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये दुई सय ६८ जनाको प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x