गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ
कैलाली- कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्ष समितिले साेमबार सुदूरपश्चिम प्रदेश सभा घेराउ गरेका छन् । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेश सभाको प्रवेशद्वारमा प्रदर्शनसहित घेराउ गरेको हो ।
उनीहरूले सोमबार प्रदेश सभा सदस्यहरूलाई सभामा प्रवेश निषेध गर्ने कार्यक्रम थियो । तर, प्रदेश सभाका सदस्यहरू प्रदर्शनकारी जम्मा नहुँदै प्रदेश सभामा प्रवेश गरेका छन् ।
कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षमा रहेका प्रदर्शनकारीहरूले गर्मीमा पनि प्रदेश सभाको प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् ।
संघीय मन्त्रिपरिषदले गेटामा विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गरिने छ भनिएको छ ।
जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको छ । संघर्षका कार्यक्रम अन्तरगत आइतबार सुदूरपश्चिममा आम हड्ताल गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया