सुदूरपश्चिम

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

इकागज |
जेठ ३०, २०८० मंगलबार १५:७ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

सभामुख भण्डारीले हुन्छ भन्ने माननीय सदस्यहरू भन्दा हुन्न भन्ने माननीय सदस्यको संख्या न्यून देखिएकाले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेकाे बताए ।


यसअघि सभामा बोल्दै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मानसखण्ड र खप्तड सम्मेलनले सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रको पहिचान गर्न र प्रवर्द्धनका लागि सहज भएको बताए ।


Author

थप समाचार
x