सुदूरपश्चिम

धनगढी उपमहानगरमा सेवाग्राहीका लागि सुविधासम्पन्न प्रतीक्षालय स्थापना

इकागज |
जेठ ३०, २०८० मंगलबार १६:५३ बजे

कैलाली- धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि सुविधासम्पन्न प्रतीक्षालय स्थापना गरिएको छ । उपमहानगरपालिकाले स्थापना गरेको सेवाग्राही कक्षको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गरेका छन् । 

सेवाग्राही कक्षमा दुई वटा एसी र ६ वटा पंखा जडान गरिएका छन् । बस्नका लागि सोफा, चिसो र तातोपानीको व्यवस्था गरिएको छ । ६४ इञ्चको टिभी र कक्षभित्रै डिजिटल नागरिक वडापत्र पनि राखिएको छ ।


उपमहानगरपालिकाको २२ लाख ५१ हजार तीन सय ६१ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतीक्षालयमा पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क वाईफाईको व्यवस्था पनि गरिएको छ ।

उपमहानगरले निर्माण गरी सञ्चालनमा ल्याएको सेवाग्राही कक्ष प्रशंसनीय रहेको मुख्यमन्त्री शाहले बताए ।

नगरप्रमुख गोपाल हमालले चालू आर्थिक वर्षको बजेटबाट प्रतीक्षालय निर्माण गरिएको बताए । उनले सेवाग्राहीका लागि सहजता होस भन्नका लागि प्रतीक्षालय निर्माण गरिएको बताए ।

सेवाग्राहीको कुरा सुन्दै मेयर गोपाल हमाल ।


Author

थप समाचार
x