सुदूरपश्चिम

डाक्टर आत्महत्या प्रकरणः आरोपी सन्दीप भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाइयो

इकागज |
जेठ ३१, २०८० बुधबार २०:५३ बजे

फाइल फोटो

कैलाली - धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया फिजियोथेरापिष्ट डा. प्रसन्ना शाह मृत भेटिएको घटनामा अनुसन्धानमा रहेका डा. सन्दीप भट्टराईलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत कैलालीले डा. भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्रबहादुर पालले आत्महत्या दुरुत्साहनमा अनुसन्धानमा रहेका डा. भट्टराईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको बताए । 


सोही मुद्दामा अनुसन्धानमा रहेका विकल केसी ५० हजार धरौटीमा रिहा भएको एसपी पालले जानकारी दिए ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. शाह ४ जेठमा आफ्नै घरमा मृत फेला परेकी थिइन् । डा. शाहका आफन्त दिएको जाहेरी अनुसार पूर्व प्रेमी भनिएका धनगढीकै केसी र माया मेट्रोमै कार्यरत डा. भट्टराईलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।


Author

थप समाचार
x