सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश

केन्द्रकै सिको गर्दै प्रदेश सरकार, ३२ सांसदलाई ९६ करोड बाँड्ने तयारी

इकागज |
जेठ ३२, २०८० बिहीबार १८:२६ बजे

फाइल तस्बिर

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) बजेट ल्याउँदै छ । भोलि साँझ ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेशबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्ने भएका छन् । उनले करिब ३० अर्ब हाराहारीको बजेट ल्याउन लागेको बताइएको छ ।

अघिल्लो वर्ष सरकारले रोकेको प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा यस पटक प्रदेश सभा सदस्यहरूलाई तीन करोड बजेट उपलब्ध गराउने तयारी समेत भइरहेको स्राेतको दाबी छ ।


प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने सरकारको तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रका लागि सरकारले ९६ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

सरकारले अघिल्लो पटकभन्दा यस पटक सानो आकारमा बजेट ल्याउन लागेको छ । अघिल्लो वर्ष सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।


Author

थप समाचार
x