सुदूरपश्चिम

पूर्णपाठ

सुदूरपश्चिम सरकारकाे बजेट २९ अर्ब २६ करोड

इकागज |
असार १, २०८० शुक्रबार १८:२५ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कूल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशको आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका हुन् । 


प्रदेश सरकारले भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि ५ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । जस अन्तर्गत प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको छ । 

त्यस्तै खानेपानीका लागि १ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि सो रकम विनियोजन गरेको हो । साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने बताएको छ । 

चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएर सार्वजनिक गरिएको छ । कूल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात ३२ दशमलव ७९ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत रहेको छ । 

प्रदेशका आर्थिक मामिलामन्त्री शाहीले अन्तरप्रदेश वित्तीय हस्तान्तरणमा दुई अर्ब ३४ करोड ७५ लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन् ।

 


Author

थप समाचार
x