सुदूरपश्चिम

सुदूरश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई कोभिड-१९ पुष्टि

इकागज |
जेठ ३, २०७८ सोमबार १६:३८ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भाइरल ज्वरो आएपछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार मुख्यमन्त्री भट्टलाई २७ वैशाखमा संक्रमण पुष्टि भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमै राखिएको सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x