सुदूरपश्चिम

दुर्घटनामा मृत्यु भएका मन्त्री सिंहको शव यात्रामा उर्लियाे मानव सागर

इकागज |
असार ९, २०८० शनिबार १३:४ बजे

कैलाली । मंगलबार गाडी दुर्घटनामा मृत्यु भएका सुदूर पश्चिमका स्वर्गीय मन्त्री पृथ्वी बहादुर सिंहको शव यात्रामा मानव सागर उर्लिएको छ ।

जिल्ला अस्पतालबाट सुरु भएको शव यात्रामा नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको छ ।
धनगढीबाट जाने क्रममा गाडी दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयाको मंगलबार मृत्युु भएको थियो ।


जेठो छोरा आदेश बिदेशबाट आएपछि मन्त्री सिंहसहित तीनै जनाको आज दाह संस्कार गर्न लागिएको हो ।स्थानीय डुङरी घाटमा मन्त्री सिंहको दाह संस्कार गरिने छ ।

स्वर्गीय मन्त्री सिंहको अन्त्येष्टीमा सहभागी हुन सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री  कमल बहादुर शाह  धनगढीबाट बझाङ पुगेका छ्न् ।


Author

थप समाचार
x