सुरक्षा निकायलाई विपद व्यवस्थापन सामग्री हस्तान्तरण
कैलाली । धनगढी उपमहानगरपालिकाले सम्भावित जोखिमको समयमा आवश्यक पर्ने विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल न.३४ गण हेडक्वाटर धनगढीलाई विपतको बेला आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको मेयर हमालले बताए ।
उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल न.३४ गण हेडक्याटर धनगढीलाई लाईफ ज्याकेट २०/२० वटा, हेलमेट २०/२० वटा, गमबुट ( पानी बुट) १५/१५ जोर, स्टेक्चर १५/१५ वटा, हेन्ड माईक १/१ वटा र फलामको बाल्टी १५/१५ वटा हस्तान्तरण गरिएको मेयर हमालले बताए ।
वर्षा लागेसंगै सम्भाबित विपतको सामना गर्न यी सामाग्रीहरू आवश्यक पर्ने सुरक्षा निकायका पदाधिकारीहरूले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया