दार्चुलाका दुई स्थानीय तहमा भोलि सार्वजनिक विदा
दार्चुला- आइतबार शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक विदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतबार सार्वजनिक विदा दिएका हुन् ।
जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।
सार्वजनिक विदाका दिन पालिकाभरी रहेका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया