पहिरोमा पुरिएर आमाछोराको मृत्यु
सांकेतिक तस्बिर
बैतडी- बैतडीमा पुर्चौडी नगरपालिका–२ भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको छ ।
सोमबार बिहान करिब २ बजे पहिरो खस्दा स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको हो । घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए ।
सोही पहिरोमा पुरिएर स्थानीय १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । उनलाई उपचारका लागि दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया