सुदूरपश्चिम

सुदूरपश्चिममा सरकार विस्तारबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री शाहबीच छलफल

इकागज |
साउन ८, २०८० सोमबार १७:२२ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेबारे नागरिक उन्मुक्ति पार्टीका सांसद र मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री र नागरिक उन्मुक्तिको संसदीय दलका नेता घनश्याम चौधरी लगायतबीच छलफल भएको हो । छलफलमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र कैलाश चौधरीसहित पार्टी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी सहभागी छन् ।


नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंगो लगाएको बताइएकाे छ । उनीहरूलाई कति बेला मन्त्री नियुक्त गर्ने र शपथ ग्रहण गराउने भन्ने विषयमा अहिले छलफल भइरहेको हो ।

सरकारमा सहभागिताबारे छलफलका लागि आजै मुख्यमन्त्री शाह काठमाडौँबाट धनगढी पुगेका हुन् । मुख्यमन्त्री शाहले सरकारमा सामेल हुनेबारे छलफल गर्नुपर्ने भएकाले आफू धनगढी पुगेको इकागजलाई बताए ।


Author

थप समाचार
x