सुदूरपश्चिम

पूर्णता पाउँदै सुदूरपश्चिम सरकार, आज तीन मन्त्री थपिँदै

इकागज |
साउन १७, २०८० बुधबार १४:७ बजे

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज साँझसम्ममा २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन् । नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले पुरानै नाम सदर गरेको दलका नेता घनश्याम चौधरीले बताए । उनले पुरानै नाम सदर गरेको बताए ।


यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई सिफारिस गरेको थियो ।

कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ ।


Author

थप समाचार
x