सुदूरपश्चिम

सुदूरपश्चिममा तीन मन्त्रीले लिए सपथ, कार्यभारसमेत आजै सम्हाले

इकागज |
साउन १७, २०८० बुधबार १९:५४ बजे

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारमा आज दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । 

यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र नेपाली कांग्रेसबाट शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्ति गरिएको छ ।


प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीद्वयलाई सपथ ग्रहण गराएका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाटै राज्यमन्त्री नियुक्ति भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमल बहादुर शाहले सपथ ग्रहण गराएका छन् ।

नव नियुक्त मन्त्रीहरुले आजै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेका छन्।


Author

थप समाचार
x