बस्तीभित्र पस्याे कैलालीकाे माेहना र कान्द्रा नदी
कैलाली । सोमबार बिहानैदेखिको वर्षापछि आएको बाढीले कैलालीका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्लाको पूर्व क्षेत्रमा पर्ने भजनी र कैलारी गाउँपालिका बढी प्रभावित भएको कैलाली प्रहरीले जनाएको छ ।
भजनी नगरपालिकाको वडा नम्बर २, ३ र ६ का बस्तीहरुमा कान्द्रा नदीको पानी पस्दा दर्जन बढी घरहरु डुबानमा परेका छन ।
त्यस्तै, कैलारी गाउँपालिकाको केही वडामा समेत बाढी पसेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बाढीले केही घरहरु डुबानमा परेको र नदीको जलस्तर बढ्ने क्रममा रहेका कारण सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको बताए ।
त्यस्तै मोहना नदीको पानीले कैलारी गाउँपालिकाको वडा ७ का केही घरहरु समेत डुबानमा परेको डिएसपी चन्दले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया