सुदूरपश्चिम

सुदूरपश्‍चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय

आफ्नै नेतृत्वमा सरकार बनाउन दलहरूसँग छलफल गर्ने

इकागज |
जेठ १२, २०७८ बुधबार १३:१७ बजे

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्‍द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज भएको संसदीय दलको बैठकले कोभिड महामारीका बेला तत्‍काल वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको एमाले सांसद अमर साउँदले जानकारी दिए । उनकाअनुसार भविष्यमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसँग छलफल अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ । 

एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि एमालेका तीन जना मन्त्रीलाई सरकारबाट राजीनामा दिन २४ घण्टे निर्देशन जारी भएको थियो । ५२ सदस्यीय प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छ्न् ।



Author

थप समाचार
x