धनगढीवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गरिने
कैलाली । धनगढी उपमहानगरपालिकाले नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था देखेपछि उपमहानगरले दाहसंस्कार खर्च स्वरूप घरमै गएर ५ हजार सहयोग गर्ने निर्णय गरेको मेयर गोपाल हमालले बताए ।
नगर कार्यपालिकाको आईतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई ५ हजार सहयोग गर्ने निर्णय गरेको मेयर हमालले जानकारी दिए ।
उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले अन्तिम संस्कारका लागि शवबाहन र बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स सेवा समेत निःशुल्क प्रदान गरिएकोे बताए । सेवाग्राहीले नगर प्रहरीबाटै शवबाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको मेयर हमालले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया