सुदूरपश्चिम

डडेलधुरा अस्पतालमा सरकारले पहिलोपटक पठायो अक्सिजन

इकागज |
जेठ १३, २०७८ बिहीबार १५:३५ बजे

सांकेतिक तस्बिर

काठमाडौँ : डडेलधुरा अस्पतालमा पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिन्डर पुगेको छ । सरकारले दिएको ५० वटा अक्सिजनसहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको हो । 

अक्सिजन सिलिन्डर नहुँदा कोभिड–१९का बिरामीको उपचारका लागि समस्या भइरहेको समयमा नेपाल सरकारले अक्सिजनसहितको सिलिन्डर पठाएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको अक्सिजनका सिलिन्डरसहित डडेल्धुरा अस्पतालमा साना ठूला गरी २ सय भन्दाबढी सिलिण्डर भएकाले अक्सिजनको अभाव नहुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।



Author

थप समाचार
x