सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री र वनमन्त्रीलाई एमालेले फिर्ता बोलायो, नयाँ मन्त्री नियुक्त हुँदै

इकागज |
जेठ १४, २०७८ शुक्रबार १८:६ बजे

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको कार्यालयले सामाजिक विकासमन्त्री र वनमन्त्रीलाई फिर्ता बोलाएको छ । एमालेले वनमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी‍लाई फिर्ता बोलाएको हो ।

प्रदेश सरकारले शुक्रबार नै नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको हो । नेकपा एमाले र माओवादी केन्द्रका सांसद्लाई समेटेर मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  मन्त्री नियुक्त गर्ने र आजै प्रदेश प्रमुखबाट सपथ ग्रहण गराउने तयारी छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार  तारालामा तामाङ, मानबहादुर सुनार लगायत प्रदेशसभा सदस्य मन्त्री बन्दै छन् ।  नेकपा एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।


Author

थप समाचार
x