कैलाली प्रहरीको 'स्वीप अप्रेशन' : २५ सय लिटर घरेलु मदिरा नष्ट (भिडियो)
कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले घरेलु मदिरा नियन्त्रणका लागि 'स्वीप अप्रेशन' चलाएको छ ।
घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्ने उद्देश्यले सञ्चालित 'स्वीप अप्रेशन' चलाएको हो ।
मंगलबार साँझ धनगढी उपमहानगरपालिका-२ मा जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको टोलीले दुई हजार ५ सय लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए ।
उनका अनुसार भाँडाकुँडासमेत बरामद गरेर मदिरा नष्ट गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया