सुदूरपश्चिम

लक्ष्मीलाई जलाउनेविरुद्ध महिला आयोगको चासो

इकागज |
जेठ १९, २०७८ बुधवार १७:५५ बजे

डोटी : आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले चासो दिएकी छन् । अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्र्तिपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उनकी छोेरीको हाल उपचार भइरहेको छ । उनलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा मङ्गलबाट हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो ।  आयोगका अध्यक्ष पराुजलीसँगको भेटमा पीडित भाटले आफू र  नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने  आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरेकी छन् ।


पति सन्तोष हाल फरार छन् । आयोगका  अध्यक्ष पराजुलीले सो सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग कुुरा गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यसअघि नै आग्रह गरिसकेकी छन् । उनले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजाय पाउनुपर्नेमा जोड दिइन् । 

आयोगले निषेधाज्ञामा घरमा रहेका महिला/किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ । हेल्पलाइनबाट २४  घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ । 


Author

थप समाचार
x