सुदूरपश्चिम

घाँटीमा लिचीको दाना अड्किएर ६ महिने बालकको ज्यान गयो

इकागज |
जेठ २०, २०७८ बिहीबार १०:५० बजे

फाइल फोटो

धनगढी : कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिका ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । 

आगनमा खेल्दाखेल्दै लिची खाएका ६ महिने बालकको घाँटीमा अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याइको थियो । अस्पताल पुर्याएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
 



Author

थप समाचार
x