सुदूरपश्चिम

सेती अस्पतालमा कालो ढुसी संक्रमणका कारण एक जनाको मृत्यु

इकागज |
जेठ २०, २०७८ बिहीबार १३:१३ बजे

फाइल फोटो

धनगढी : कैलालीको सेती प्रादेशिक अस्पतालमा फंगसले निम्त्याउने कालो ढुसी (म्युकरमाइकोसिस) बाट एक जनाको मृत्यु भएको छ । जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत जिल्लाको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ बर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

 ‘उनमा बुधवार म्युकरमाइकोसिस पुष्टि भएको थियो,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘कोभिड–१९ को रिपोर्ट भने नेगेटिभ आएको थियो । आज बिहन ७ बजे मृत्यु भएको हो ।’ 


उनका अनुसार कालो ढुसीबाट सेती प्रादेशिक अस्पतालमा पहिलो पटक मृत्यु भएको हो । यो रोगले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गर्ने गरेको छ । मधुमेह, क्यान्सर लगायतका बिरामीमा यसको समस्या बढि देखिने चिकित्सहरुले बताएका छन्
 


Author

थप समाचार
x