सुदूरपश्चिम

पञ्चेश्वर दुर्घटना : मृतकका परिवारलाई राहत, छोराछोरीलाई छात्रवृत्ति

इकागज |
जेठ २०, २०७८ बिहीबार १३:२८ बजे

बैतडी : पञ्चेश्वरमा भएको जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ ।  गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवार र वैशाख २१ गते भएको जिप दुर्घटना परी मृत्यु भएका परिवारलाई राहत दिने भएको गाउँपालिकाले जनाएको छ । 

चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको परिवारलाई ४ लाख राहत दिने  र वडा सदस्य भण्डारीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको ५ जनाको परिवारलाई प्रतिपरिवार एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।  तत्कालका लागि  मृतकका परिवारलाई ५० हजारका दरले उपलब्ध गराइसकिएको छ । थियो । ---



Author

थप समाचार
x