सुदूरपश्चिम

सिंगो गाउँमा कोभिड संक्रमण, संक्रमित स्वास्थ्यकर्मीबाटै उपचार

नवराज पनेरु |
जेठ २१, २०७८ शुक्रबार ७:३९ बजे

फोटो : चाँसी गाउँ/फाइल फोटो

धनगढी : डोटीको आदर्श गाउँपालिका-१ चाँसी गाउँ कोभिड–१९ ले प्रभावित छ । गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको छ । 

गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले सिंगो गाउँ नै कोभिड संक्रमणले प्रभावित भएपछि उपचारमा पनि समस्या भएको बताए । ‘एउटै परिवारका ६ जनासम्मलाई संक्रमण पुष्टि भएको छ,’ खड्काले भने, ‘परीक्षण नभएका अन्य व्यक्तिमा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको छ । गाउँका अधिकाशंलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्विकार गरिरहेका छन् ।’


उनका अनुसार ५२ जना संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी पनि छन् । ‘प्रभावित गाउँमा अन्य स्वास्थ्यकर्मी जान सक्ने अवस्था नभएपछि संक्रमित स्वास्थ्यकर्मीले नै अन्यको उपचार गरिरहेका छन्,’ उनले भने । ५२ जनामध्ये अहिलेसम्म कुनै संक्रमितलाई पनि अस्पतालमा भर्ना गरिएको छैन् । 

स्थानीयले सिंगो गाउँ जोखिममा परेको भन्दै उपचारका लागि स्थानीय र प्रदेश सरकारलाई गुहारेका छन् । स्थानीय दीपकबहादुर खड्काले संक्रमितको उपचारसहित सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन सरकारसमक्ष माग गरे । 

 


Author

थप समाचार
x