सत्तापक्षकै सांसदले मागे राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
फाइल तस्बिर
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् । शुक्रबार सत्ता साझेदार एमालेकै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराउँदै राजीनामा मागेपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिने भएका हुन् ।
बजेट अधिवेशनको दोस्रो बैठकमा ओली पक्षका सासंद पठानसिंह बोहराले आफ्नो पार्टी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै मुख्यमन्त्री भट्टले राजीनामा दिनुपर्ने बताएका थिए । तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई समर्थन फिर्ता नलिएको बताउँदै आएका छन् ।
सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ । विश्वासको मत कहिले लिने भनेर अहिले प्रदेश सभा सचिवालयमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया