सुदूरपश्चिम

सुदूरपश्चिमका मन्त्री सोडारी र एमाले प्रदेश सचिव रावलबीच हात हालाहाल !

इकागज |
जेठ २५, २०७८ मंगलबार ७:४१ बजे

धनगढी : एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आफुमाथि हातपात गरेको आरोप लगाएका छन् । पार्टी निर्देशनअनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पुर्‍याउन जादा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको रावलले बताए । साथै मन्त्री सोडारीले दुर्व्यवहार गरेको पनि रावलको भनाइ छ ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेश सभा सदस्यहरुलाई पार्टीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्न आशयको पत्र बुझाउन गएको थिए । 


‘मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरेपछि उहाँले मेरो कठालो समातेर हातपात गर्नुभयो’ उनले भने । यता मन्त्री सोडारीको सचिवालयले भने रावलले मन्त्रीमाथि उल्टै हातपात गरेको जनाएको छ । 

साझ साढे ७ बजे कञ्चनपुरका रावलले मन्त्रीको कार्यकक्षभित्रै प्रवेश गरी अभद्र व्यवहार गरेको मन्त्रीका स्वकीय सचिव ललित बोहराले जानकारी दिए । मन्त्री सोडारी बजेट सम्बन्धीको छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र नीजी सचिवालयलाई छलेर कार्यकक्षमै पसेर रावलले अभद्र व्यवहार गरेको दाबी गरिएको छ ।


Author

थप समाचार
x