सुदूरपश्चिम

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने ७ सांसदलाई एमाले संसदीय दलको स्पष्टीकरण

चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्ने चेतावनी

इकागज |
जेठ २५, २०७८ मंगलबार १८:१८ बजे

फाइल तस्‍बिर

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई व्श्विासको मत नदिने सात सांसदलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने केपी ओली पक्षका सात सांसदलाई स्पष्टीकरण सोधेका हुन् । 

विपक्षमा मतदान गर्ने एमालेका पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा,  माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीलाई संसदीय दलले सोध्यो स्पष्टीकरण सोधिएको हो । 


स्पष्टीकरण पत्रमा संसदीय दलको ह्वीप उल्लंघन गरी गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गरेकोले जेठ २६ गतेभित्र स्पष्टीकरण दिन भनिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेसमेत चेतावनी दिइएको छ । 

मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए । जसमा माधव नेपाल पक्षका १७ जनाले भट्टलाई विश्वासको मत दिएका थिए भने ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए । 

यता नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका १७ प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उलंघन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्ने उनले बताए ।


Author

थप समाचार
x