सुदूरपश्चिम

डोटीमा जीप दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

इकागज |
जेठ २८, २०७८ शुक्रबार ८:२९ बजे

धनगढी : डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ । एक जना घाइते भएका छ्न । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित समुहगाड रेडियो नेपाल क्षेत्रीय प्रशारण नजिकै बिहान ४ बजेको समयमा  दुर्घटना  भएको हो । 

दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बस्ने ५० बर्षिया चालक हुकुम शाह र उनकी भतिजी २६ बर्षिया देवी कुमारी शाह घाइते भएका थिए । दुबै जनालाई उपचारको लागि शैलेश्वरी अस्पतालमा लगिएको थियो । अस्पतालमा  पुर्याएको केहि समयमै चालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


घाइते देवी शाहको अहिले उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको  छ । धनगढीबाट बाट बाजुराको लागि कुखुराको चल्ला बोकेर गइरहेको सु प्र प ०१०० च २६१५ नम्बरको जीप १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज अशोक खड्काले जानकारी दिए ।
 


Author

थप समाचार
x