सुदूरपश्चिम

प्रदेश सांसद मल्लले भनिन्, ‘गाँजा खेती अत्यन्तै जरुरी छ, वैधानिकता दिनपर्छ’

इकागज |
जेठ २९, २०७८ शनिबार १८:४३ बजे

धनगढी : गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्‍चिम प्रदेशसभामा आवाज उठेको छ । सुदूरपश्‍चिम प्रदेशसभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन् । 

प्रदेशसभाको आठौँ अधिवेशनको दशौँ बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सत्तारुढ माओवादी केन्द्रकी सांसद मल्लले भनिन्, ‘सुदूरपश्‍चिम र विषेश गरि हिमाली जिल्ला बझाङका लागि गाँजा खेती अत्यन्तै जरुरी छ । त्योलाई वैधानिक बनाउनेतर्फ प्रदेश सरकारको ध्यान जावस ।’ 


उनले आयस्रोत बढाउन र जीवन निर्वाहका लागि गाँजा खेती जरुरी रहेको बताइन् । नेपालले गाँजा खेती प्रतिबन्धित छ । तर सुदूरपश्‍चिमका अधिकासं जिल्लामा लुकीछिपी गाँजाको व्यापार हुँदै आएको छ ।


Author

थप समाचार
x