नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त
धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाए अनुसार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना सोमबार निकालेको छ ।
सूचनामा प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवालयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखले निर्देशन भएको उल्लेख गरिएको छ ।
समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत हुन् । आफ्नो निर्देशन पालना नगरेको भन्दै अध्यक्ष रञ्जिताले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया