सुदूरपश्चिम

कञ्चनपुरबाट ४६ हजार रुपैयाँसहित पाँच जुवाडे पक्राउ

इकागज |
असार १, २०७८ मंगलबार १०:२९ बजे

फाइल फोटो

काठमाडौँ : कञ्चनपुरमा पाँच जना जुवाडे पक्राउ परेका छन् । कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर ४ स्थित  ४ नम्बर गल्लि बिनोद गुप्ताको घरमा जुवातास भईरेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले उक्त घरमा कानुन बमोजिम खान तलासी गर्दा जुवा खेलमा संलग्न ५ जना निम्न ब्यक्तिहरुलाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुको साथबाट ४६ हजार नगद रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भि।मदत्त नगरपालिका १८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, वडा नं १८ बस्ने वर्षीय ४५ को बिनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता, ५५ वर्षीय मुरारी गुप्ता रहेका प्रहरीले जनाएको छ ।
 



Author

थप समाचार
x